मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

बाँकेमा अहिले कोरोना संक्रमित थप्दै गएको बेला सोमबार नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोहलपुर स्थित रहेको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । यो सग्गै बाँकेमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यू भइ सकेको छ । यसै बीच भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा मंगलवार १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका एक र बर्दियाका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । बाँकेका संक्रमित कोहलपुर नगरपालिका २ का १९ बर्षिय किशोर रहेको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ३२३ पुगेको छ ।



