२१ बैशाख २०८३, सोमबार

नेपाल प्रेस युनियनले गर्यो आफ्ना सदस्यहरुका लागि कोरोना बिमा र दुर्घटना बिमा

एसीपी संवाददाता

२ असार २०७७, मंगलवार १०:२५ मा प्रकाशित

असार २ गते  – अर्घाखाँची– नेपाल प्रेस युनियन अर्घाखाँचीले आफ्ना सदस्यहरुका लागि कोरोना बिमा र दुर्घटना बिमा गरेको छ । युनियनले कोरोना (कोभिड–१९) को बढ्दो जोखिमका बाबजुद नागरिकलाई सुचना प्रवाह गर्न समाचार संकलनको लागि फिल्डमा खटिनुपर्ने पत्रकारहरुको लागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना विमा गरेको छ ।
त्यस्तै फिल्ड रिपोटिङ गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै युनियनका सबै सदस्यहरुको लागि प्रतिव्यक्ति रु २ लाख रुपैया“को दुर्घटना विमा गरेको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलकी सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदेश–५ कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री र नेपाली कांग्रेस ढिकुरा गाउ“ कार्यसमितिका सभापति उमेश घिमिरेको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ३६ जना पत्रकारको लागि कोरोना विमा र ६२ जना युनियनकर्मीका लागि दुर्घटना विमा गरिएको नेपाल प्रेस यनियन अर्घाखाँचीका सभापति वीरेन्द्र केसीले बताउनुभयो ।

कांग्रेस नेतृ पुष्पा भुसालले कोरोना संक्रमणको जोखिममा रहेर जनतालाई सुचना प्रवाहको काममा खटिनुपर्ने पत्रकारको स्वास्थ्य सुरक्षामा सबै निकाय गंभिर हुनुपर्ने बताउनुभयो । उहा“ले जनतालाई सही सुचना दिने काममा सर्तक रहेर समाचार संकलन गर्न आग्रह गर्नुभयो ।

सांसद निर्मला क्षेत्रीले दुर्घटनाको जोखिमका बाबजुद खटिने पत्रकारको लागि सबैले गंभिर भएर सहयोग गर्नुपर्ने बताउनुभयो । कांग्रेस ढिकुराका सभापति उमेश घिमिरेले आम नागरिकलाई कोरोना संक्रमणबाट बच्न र जोगिनको लागि पत्रकारले प्रवाह गरेको सुचना तथा खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।

पहिलो चरणमा कोरोनाको जोखिमलाई छल्दै विभिन्न सञ्चारमाध्यममा काम गर्ने ३६ जना पत्रकारको कोरोना विमा गरिएको र चरणबद्ध रुपमा कोरोना बिमा कार्यक्रमलाई जारी राखिने युनियनका सचिव विष्णु खनालले बताउनुभयो ।
सन्धिखर्कमा शाखा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा कोरोना तथा दुर्घटना विमा गर्न युनियनका अध्यक्ष वीरेन्द्र केसी, सचिव विष्णु खनाल, केन्द्रीय पार्षद प्रेमनारायण आचार्य लगायतका युनियनकर्मीको उपस्थिति रहेको थियो । सभार – जननी खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x