२१ बैशाख २०८३, सोमबार

सरकारले कोरोनाका नाममा भ्रष्टाचार गरेको आरोप सहित काँग्रेस बाँकेको ज्ञापन पत्र

एसीपी संवाददाता

२ असार २०७७, मंगलवार १०:५९ मा प्रकाशित

नेपाली काँग्रेस बाँकेले स्थानीय प्रशासनमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ । अहिले देश भरी सरकारको बिरुद्ध बिरोध प्रदर्शनहरु शुरु भएको छ । देश भरी कोरोना महामारीका कारण पिडित रहेका नेपाली जनता माथी सरकारले कोरोनाको नाममा भ्रष्टाचार गरेको आरोप ज्ञापनपत्रमा लगाइएको समक्ष यसै बीच मंगलबार

काँग्रेस बाँकेका सभापति किरण कोइरालाको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेका काँग्रेस नेता तथा कार्यकर्ताहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत् ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारले कोरोनाका नाममा भ्रष्टाचार गरेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । आरडिटी किटको विश्वसनियता माथि विश्वभरी नै प्रश्न उठिरहेका बेला सरकारले आरडिटी किट खरिदमा जोड दिनु भ्रष्टाचारको प्रमुख आधारका रुपमा ज्ञापनपत्रमका उल्लेख गरिएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम नगरेको प्रमुख प्रतिपक्ष दल काँग्रेसको आरोप छ । दुई पुष्ठ लामो उक्त ज्ञापनपब सचिव तप्त पौडेलले वाचन गर्नुभएको थियो । सरकारले पिसिआर परीक्षणको दायरा बढाउन नसकेकोमा चर्को आलोचना गरिएको छ। काँग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पिसिआर परीक्षणको दायरा बढाउन पनि सरकारसँग माग गरेको छ। नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशनमा ७७ वटै जिल्लामा स्थानीय प्रशासनमार्फत सरकारलाई दवाव दिन ज्ञापनपत्र बुझाइएको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x