४ बैशाख २०८१, मंगलवार

रमेश मल्लको अध्यक्षतामा बाँके जिल्ला शुटिंग संघको नयाँ कार्यसमिती चयन

एसीपी संवाददाता

४ चैत्र २०७६, मंगलवार १३:५९ मा प्रकाशित

  • चैत ४ । आज नेपालगंजमा भएको नवौं साधारण सभाबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मत रुपमा चयन भएको हो । आगामी महिना काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन गरिएको हो । संघको उपाध्यक्षमा आशा थापा बिस्ट रहनु भएको छ भने सचिवमा बदरुद्दिन अंसारी, सह सचिवमा सुरेन्द्र सिंह सरदार र कोषाध्यक्षमा अरुण बिक्रम शाह रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा नरेन्द्र थापा, पप्पु मुसलमान, सुभाष सिंह श्रेष्ठ, पंचम गुरुंग, राजकुमार चन्द, दिपक मल्ल रहनु भएको छ । निबर्तमान अध्यक्ष रोहित टण्डन, ओलम्पियन पार्बती थापा र प्रशिक्षक राजेन्द्र सिंह सल्लाहकार रहनु भएको छ । निबर्तमान अध्यक्ष टण्डनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला खेलकुद बिकास समिती बांकेका अध्यक्ष आतंक बस्नेत रहनु भएको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x