६ कार्तिक २०८१, मंगलवार

कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सुरक्षाकर्मी परिचालन

एसीपी संवाददाता

१३ चैत्र २०७६, बिहीबार ०१:०३ मा प्रकाशित

चैत १३ गते । / कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको तेस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । बिहानैदेखि काठमाडौंलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ । लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् । तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ ।

जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ । सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारावाही गरेको छ । त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले तितरबितर पारेर घर फर्काएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x