३१ जेष्ठ २०८१, बिहीबार

नेपालगञ्ज क्याम्पसबाट सोमबार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा

एसीपी संवाददाता

१३ चैत्र २०७६, बिहीबार ०१:०७ मा प्रकाशित

चैत १३ गते । नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा पुगेको पाइएको छ । जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना बेलुकी राति पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । नगर प्रमुख घर्तीका अनुसार भागेर आउनेमा भेरी –११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लीले खड्का, परवीर महतारालगायत छन् । उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए । भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये प्रवेश गरेको आशङ्का गरिएको छ । जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्नका लागि चाँजोपाँजो भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x