६ कार्तिक २०८१, मंगलवार

कोभिड १९ का कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघेको छ

एसीपी संवाददाता

१३ चैत्र २०७६, बिहीबार ०४:२७ मा प्रकाशित

विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ । योसँगै विश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार एक सय ७८ पुगेको छ । यस्तै इटलीमा मात्रै सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । यो चीनको भन्दा पनि धेरै हो । चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको ज्यान गएको छ । अहिलेसम्म विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्रा्ष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा सङ्क्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन् । सबैभन्दा धेरै चीनमा ८१ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएकोमा ७३ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् भने चार हजार दुई सय ८७ जनाले उपचार गराइरहेका छन् । यस्तै चीनपछि इटलीमा सबैभन्दा धेरै ७४ हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म ९ हजार तीन सय ६२ जना उपचारपछि स्वस्थ भएका छन् भने ५७ हजार पाँच सय २१ जनाको उपचार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x