जनता कफ्र्युलाई कडाई गर्न शुक्रबारदेखि नेपालगञ्जमा नेपाली सेना समेत परिचालन


चैत १४ गते नेपालगंज बाँके । जनता कफ्र्युलाई कडाई गर्न शुक्रबारदेखि नेपालगञ्जमा नेपाली सेना समेत परिचालन भएका छन् । जनता कफ्र्युमा बाहिर ननिस्कन प्रशासनको पटक पकटको आग्रहलाई समेत वेवास्ता गरिएपछि आज शुक्रबारदेखि नेपालगञ्जमा सेना परिचालन भएका हुन । यस्तै अहिलेसम्म लकडाउन उल्लंघन गर्नेलाई सम्झाउँदै आएको प्रहरीले डन्डा लगाउन शुरु गरेको छ । साँझ परेपछि जथाभावी हिडडुल गर्नेमाथि प्रहरीले बल प्रयोग गर्न लागेको हो । समान किन्ने बहाना जनताहरु एकै जुटने अनावश्यक गफ गर्ने एकै भिड जम्मा गर्ने जस्ता क्रियाकलापको तस्बीरहरु समाजिक संजालमा आए पछि प्रशासन कडाई शुरु गरेको छ । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको चौथो दिन बाँके प्रशासनले सुरक्षा समितिको बैठकमा भएको सहमति अनुसार सेना परिचालन गर्दै थप कडाई गरेको छ । प्रहरी परिचालन गरिएपनि तेस्रो दिनसम्म सडकमा भिडभाड रहने नेपालगञ्ज आज बिहानैदेखि शान्त छ । भारतसँग जोडिएको सीमावर्ती जिल्लासँगै प्रमुख नाका पनि भएकाले उच्च जोखिममा पनि छ ।