९ माघ २०८२, बिहीबार

कारोना भाईरस सकेसम्म शंकास्पद बिरामीको घरसम्म एम्बुलेन्स लगेर उनीहरुको जाँच र उपचार गर्नुपर्छ

एसीपी संवाददाता

१५ चैत्र २०७६, शनिबार ०४:३६ मा प्रकाशित

हामीले अपनाइरहेको मोडेलमाथि सोचविचार गर्नुपर्छ । कडा अनुशासनमा बस्नुपर्छ । सकेसम्म शंकास्पद बिरामीको घरसम्म एम्बुलेन्स लगेर उनीहरुको जाँच र उपचार गर्नुपर्छ । बिरामीलाई घरघरबाट उठाएर ल्याउने व्यवस्था मिलाउनुपर्छ । सावधानी नै रोगबाट जोगिने उचित उपाय हो, त्यसैमा जोड दिनुपर्छ ।सशस्त्र प्रहरी बलबाट अवकाश भएपछि मैले आफ्नै रहरले कानुनमा स्नातकोत्तर (एलएलएम) गरेँ र केही पहिले मास्टर्स तहको अन्तर्राष्ट्रिय कोर्षका लागि अप्लाई गरेँ । त्यसैको सिलसिलामा अन्तर्राष्ट्रिय कानुनको सम्पदा संरक्षणसम्बन्धी कानुन (हेरिटेज ल) पढ्न करिब डेढ महिनाअघि म इटालीको तुरिन विश्वविद्यालय गएँ । म पुग्दा तुरिन सिटीमा खासै संक्रमण फैलिएको थिएन । बरु रोम र भेनिसतिर व्यापक भइसकेको थियो ।

त्यहाँ जानुअघि नै चीनको खबर थाहा पाएकाले सुरक्षाका लागि पञ्जा र मास्कहरू बोकेको थिएँ। सहपाठी र चिनेजानेका सबैले हात मिलाउने अभिवादनको सामान्य प्रक्रिया थियो। मचाहिँ सबैलाई नमस्कार गर्थें। मेरो त्यो व्यवहारप्रति धेरै साथीहरूले टिकाटिप्पणी गरे। कतिले ‘डरपोक’ भने, कतिले केही हुँदैन भन्दै हात अघि सारे। सबैलाई नमस्कार गर्दा म हाँसोको पात्र बनेँ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x