७ कार्तिक २०८१, बुधबार

७ गतेभित्र कर तिर्न भनेपछि त्यो समयमा कर तिर्न नसकिने व्यवसायीहरुको भनाइ

एसीपी संवाददाता

२२ जेष्ठ २०७७, बिहीबार १५:१६ मा प्रकाशित

असार ७ गतेभित्र कर तिर्न भनेपछि त्यो समयमा कर तिर्न नसकिने व्यवसायीहरुको भनाइ छ । सरकारको उक्त निर्णयको विरुद्धमा व्यवसायीले विभिन्न मागसहितको प्लेकार्ड बोकेर विरोध गरेका हुन् । बिहीबार बिहान नौदेखि दश बजेसम्म त्रिभुवनचोकस्थित नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यालय अगाडि प्रदर्शन भएको हो । लकडाउन खोलेको तीन महिनापछि कर तिर्ने व्यवस्था गर, महामारीको बेलामा कर तिर्न बाध्य नपार, उद्योग व्यवसाय बन्द रहेको समयमा कर तिर्न असमर्थ छौं, उद्योग व्यवसाय बन्द, कसरी कर तिर्ने ?, आहत होइन, राहत चाहियो सरकार’ लगायत नारा लेखेको प्लेकार्ड बोकेर व्यवसायीले प्रदर्शन गरेका थिए । संघले बुधबार नै प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै असार ७ गतेभित्र कर तिर्न नसकिने अवगत गराएको थियो । अर्थमन्त्रालयले जेठ २५ गतेभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरी कर तिर्ने समय असार ७ गते थप गरेको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्योगमा ताला लागेको अवस्थामा कर तिर्न नसकिने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x