कृष्णनगर चारमा वडासदस्य को अगुवाई र प्रहरी को सहयोगमा माक्स वितरण

कृष्णनगर चारमा वडासदस्य को अगुवाई र प्रहरी को सहयोगमा माक्स वितरण
चैत्र १५ –कृष्णनगर कृष्णनगर नगरपालिकाको ४ मा शनिवार निःशुल्क मास्क वितरण गरिएको छ । ४ नं. का वडासदस्य वृजेश गुप्ता र प्रहरी चौकी सिर्सिहवा का प्रमुख Asi बलराम खत्री,समाजसेवी गौरव मणी त्रिपाठी, ओमकार पाण्डेय, पारस भुज हरुको टोली ले घर घर मा पुगी मास्क वितरण भएको छ । अहिले विश्वभरी महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमबाट बच्न, रोकथाम र नियन्त्रण बारे सचेतना दिँदै गाउँ–गाउँमै पसेर मास्क वितरण गर्नु भएको छ। उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्दै घरमै बस्न अनुरोधसमेत गर्नु भएको छ । यस संकटको बेला अनावश्यक रुपमा बाहिरा नहिडी घरमै बस्नु आफु बाँच्नु र अरुलाई बचाउँनु हो, उहाँले भन्नुभयो । कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएको लकडाउन धेरै राम्रो रहेको बताउँदै सबैले यसको पालना गर्नु अत्यावश्यक भएको वडासदस्य वृजेश गुप्ता ले बताए। सबै गाउँ, टोलमा सरसफाई गरि चूना, किटनाशक औषीधी छर्कने काम पनि हुने बताएका छन्।