७ कार्तिक २०८१, बुधबार

लमजुङमा चिनियाँ ठेकेदार कम्पनीका कर्मचारी र स्थानीय केही युवाबीच झडप

एसीपी संवाददाता

२४ चैत्र २०७६, सोमबार ०१:०३ मा प्रकाशित

लकडाउनको उल्लंघन गर्दै मर्स्याङ्दी गाउँपालिका वडा नं ६ ठूलोबेँसीमा न्यादी हाइड्रोपावरमा काम जारी राखेपछि भर्खरैमात्र लमजुङमा चिनियाँ ठेकेदार कम्पनीका कर्मचारी र स्थानीय केही युवाबीच झडप भयो । नेपालका सारा राष्ट्रिय गौरवका आयोजनाको काम ठप्प भएका बेला सबैभन्दा पहिला कोरोना भाइरस देखिएको चीनको कम्पनीका ठेकेदारले अटेरी गर्दै काम जारी राखेपछि गाउँले प्रतिरोधमा उत्रिए ।

आफूहरू घरबाट निस्कन नपाएको तर चिनियाँहरुले भने निर्माण सामग्री ल्याएको र कोरोनाको जोखिम पनि बढेको भन्दै स्थानीय बासिन्दा आक्रोशित छन् । चिनियाँ कम्पनीले स्थानीयबासीको आवाज सुनेन । लकडाउनकै समयमा हाइड्रोपावरको लागि चिनियाँहरूले दुई ट्रक समान गाउँमा लिएर आए । गाउँलेहरूले विरोध गरे । चिनियाँहरू भने कुटपिटमा उत्रिए । अनि झडप भयो । Khabarhub

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x