७ कार्तिक २०८१, बुधबार

सशस्त्र प्रहरी बल कृष्णनगरको जनचेतना अभियान टोल टोलमा चल्दै

एसीपी संवाददाता

२१ चैत्र २०७६, शुक्रबार १६:३३ मा प्रकाशित

कृष्णनगर, चैत्र २१
कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल ३९ नं गुल्मले जनचेतना अभियान चलाएको छ ।
कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि ६ जना व्यक्ति हरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक डाउन गरेको छ। सोही निर्देशन पाल्ना गर्दै कृष्णनगरका सशस्त्र प्रहरी हरू बजार व्यवस्थापन, लक डाउन तोड़ने लाई समझाएर छाडेने, नगरपालिका ले तोकेको समयावधि मा मात्र पसल खोल्न दिने, साथै अन्य सिमा नाका मा कडाई गरेको छ।
साथै भिडभाड हुन नदिन बजारमा टोली समेत परिचालन गरेको छ ।
साथ साथै गाड़ीमा सशस्त्र प्रहरीको विशेष टोली खटाई जनचेतना फैलाउन साउंड को सहायता ले टोल टोलमा पुग्ने गरेका छन् ।
सिमा सुरक्षा लगाएत सरकारको निर्देशन पाल्ना गर्दै आफूहरु जनताको सेवा मा सधै खटिरहने कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही ले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x