७ कार्तिक २०८१, बुधबार

सारा विश्वका लागि स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ७९ हजार १४ जनाको ज्यान गएको छ

एसीपी संवाददाता

२६ चैत्र २०७६, बुधबार ०६:३१ मा प्रकाशित

एजेन्सी । सारा विश्वका लागि स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ७९ हजार १४ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १३ लाख ८६हजार १६१ रहेको छ । त्यस्तै भाइरुस संक्रमित २ लाख ९७ हजार ३७९ जना उपचार पछि निको भएका छन् ।
विश्वमा यो समाचार तयार पार्दासम्म ४७ हजार ६६२ जनाको अवस्था गम्भीर रहेको छ । विश्वमा कोरोना भाइरसका कारण अत्याधिक प्रभावित देश इटालीमा अहिलेसम्म १७ हजार १२१ जनाले ज्यान गुमाएका छन् भने आज मात्रै ६०४ जनाको ज्यान गएको छ ।
त्यस्तै आजमात्रै इटालीमा थप ३ हजार ३९ जना कोरोना भाइरुसका नयाँ संक्रमित फेला परेका छन् । इटालीमा ३ हजार ७९२ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अर्काे प्रभावित देश स्पेनमा आजमात्रै ५५६जनाले ज्यान गुमाएका छन् । योसँगै स्पेनमा भाइरसका कारण मृत्यु हु’नेको जम्मा संख्या १३ हजार ८९७ रहेको छ ।
त्यस्तै स्पेनमा संक्रमितको संख्या १ लाख ४० हजार ५११ रहेको छ भने आज मात्रै स्पेनमा ३ हजार ८३६जना नयाँ संक्रमित पाईएका छन् । स्पेनको ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा ३ लाख ८० हजार ३१३ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज मात्रै अमेरिकामा भाइरसका कारण १ हजार १० जनाले ज्यान गुमाएका छन् भने आजै १३ हजार ३०९ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा अहिलेसम्म मृतकको जम्मा संख्या ११ हजार ८८१ पुगेको छ । त्यस्तै अमेरिकामा ९ हजार १०४ जनाको अवस्था गम्भीर छ ।
यो समाचार तयार पार्दासम्म फ्रान्समा ९८ हजार १० जनामा कोरोनाको संक्रमण देखिएको छ भने ८ हजार ९ सय ११ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८१ हजार ७ सय ४० जनामा संक्रमण रहेको भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । आजमात्रै चीनमा कोरोनाका थप ३२ संक्रमित भेटिएका हुन् ।
त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ८ सय ७२ जनाले जयान गुमाएका छन् भने ६२ हजार ५ सय ८९ जनामा कोरोनको संक्रमण रहेको छ ।
आजमात्रै ईरानमा १ सय ३३ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८९ जना नयाँ संक्रमित पाईएको छ । त्यस्तै यूकेमा ६ हजार एक सय उनान्साठी जनाको मृत्यु भएको छ भने ५५ हजार २ सय ४२ जनामा संक्रमण देखिएको छ ।
आजमात्रै ३ हजार ६ सय ३४ जना नयाँ संक्रमित फेला पर्दा यूकेमा आजै ७ सय ८६ जनाले ज्यान गुमाएका छन् । यूकेका प्रधानमन्त्री बोरीस जोनसोन पनि १० दिन अगाडी कोरोनाबाट संक्रमित भएपछि उनको अवस्था गम्भिर बन्दै गएकोले अस्पतालले हिजो नै उनलाई आईसीयू वार्डमा राखेर उपचार शुरु गरेको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म २ हजार ३५ जनाले ज्यान गुमाएका छन् भने २२ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ ।
आजमात्रै बेल्जियममा ४ सय ३ जनाले ज्यान गुमाएका छन् भने १३ सय ८० जना कोरोना संक्रमित आजै भेटिएका छन् । त्यस्तै नेदरल्याण्ड्समा १९ हजार ५ सय ८० संक्रमित रहेका छन् भने २१ सय १ जनाको मृत्यु भएको छ ।
आजमात्रै नेदरल्याण्ड्समा कोरोनाका ७७७ जना संक्रमित भेटिएका छन् भने आजै २ सय ३४ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्वीडेनमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ९३ रहेको छ भने ५ सय ९१ जनाले ज्यान गुमाएका छन् ।
आजमात्रै त्यहाँ १ सय १४ जनाको ज्यान गएको छ । उता जर्मनीमा आजमत्रै ९२ जनाले ज्यान गुमाएका छन् । यो सँगै जर्मनीमा मृतकको संख्या १ हजार ९०२ पुगेको छ ।
भने संक्रमितको संख्या १ लाख ५ हजार ५ सय १९ रहेको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म ५ हजार १ सय ७२ जनामा संक्रमण देखिएको छ भने एक सय ३७ जनाको मृत्यु भएको छ ।
आजमात्रै ३ सय ९४ जना संक्रमित फेला पर्दा आजै १ जनाको मृत्यु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x