१२ मंसिर २०८०, मंगलवार
उपत्यका बाहिर जान दिनेबारे कुनै निर्णय नै नभएको दाबी
गृह मन्त्रालयले सर्वसाधारणलाई उपत्यका बाहिर जान दिनेबारे कुनै निर्णय नै नभएको दाबी गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठकले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट गाउँ फर्कन दिन निर्णय गरे पनि समाचार प्रकाशित भएपछि गृहले यस्तो दाबी गरेको हो ।
‘त्यस्तो निर्णय भएको भए हामीलाई खबर आउँथ्यो, अहिलेसम्म यस विषयमा गृहमा कुनै छलफल र निर्णय पनि भएको छैन,’ गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले भने, ‘सबैको जोड र ध्यान लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र रोगविरुद्ध चालिएका कदमलाई प्रभावकारी बनाउने भन्नेमा हामी केन्द्रित छौं।’
Subscribe
Login
0 Comments