७ कार्तिक २०८१, बुधबार

स्युराज पात्रिकाको सामाजिक उत्तरदायित्व कोराना विरूद्ध आर्थिक सहयोग

एसीपी संवाददाता

१ बैशाख २०७७, सोमबार ०६:१९ मा प्रकाशित


चन्दौटा , कपिलवस्तु, वैशाख १
स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ ।
स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी हात बढाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारी श्रमिक, अति गरिब, असहाय र विपन्न परिवारलाई राहतका लागि ऐक्यबद्धता जनाउँदै सो रकम सहयोग गरेको स्यूराज मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्बासेले जानकारी दिए । स्यूराज मिडिया प्रा.लि.का अध्यक्ष बेल्बासे र स्यूराज खबर साप्ताहिक पत्रिकाका सम्पादक शरद अधिकारीले नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
२०७५ बैशाख १ गते स्थापना भई एक वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव मनाउन नपाएपनि विपद्को घडीमा सामाजिक उत्तरदायित्वको काममा सहयोग गरेको स्यूराज खबर साप्ताहिकका सम्पादक शरद अधिकारीले बताए । अहिलेको विषम परिस्थितिमा नगरले अपनाएको एकद्वार प्रणालीबाट अति गरिब, निमुखालाई राहत वितरणमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पत्रिकाको वार्षिकोत्सवको उपलक्ष्यमा सानो सहयोग गरेको सम्पादक अधिकारीले भने । सोही कार्यक्रमका बीच पत्रिकाका सम्पादक एवं नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिकारीले आफ्नो व्यक्तिगत तर्फबाट नगरको विपद्कोषमा ५हजार ५सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
चेक बुझ्दै नगर प्रमुख नेत्रराज अधिकारीले विषम परिस्थितिमा गरेको सानो सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । विश्वलाई आतंकित बनाएको कोभिड १९ का कारण प्रभावित अति विपन्न र असहायक परिवारको दैनिकीमा ठूलो राहत पुग्ने नगरप्रमुख अधिकारीले बताए । यससँगै शिवराज विपद्कोषमा निजी क्षेत्रबाट ७ लाख ६४ हजार बत्तीस रुपैयाँ सहयोग प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् । विजयनगर गाउँपालिका लाई समेत रू 10 000 दश हजार दिने घोषणा गरिएको अध्यक्ष अर्जुन बेल्बासे ले जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x