१४ मंसिर २०८०, बिहीबार

बाँके -२ का सांसद र प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकालाई खुला पत्र

एसीपी संवाददाता

३ बैशाख २०७७, बुधबार १४:०७ मा प्रकाशित

बाँके क्षेत्र नंबर-२ का सांसद एंव बाँके प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकालाई खुला पत्र
जनमत पार्टीका शेषले जारी गरेको बिज्ञप्ती हुबहु छ ।

बाँके  क्षेत्र नंबर-२ का माननीय सांसद एंव पूर्व नेपाल सरकारका मन्त्री मो.इश्तियाक राइ जि द्वारा गरिएका ब्यक्तिगत कार्य सराहनीय त छन तर राजनीतिबाट प्रेरित पनि छन, माननीय जि तपाइले गरेका कार्य तथा तपाइका चेला चापट एंव तपाईंका पार्टीका नेताहरुद्वारा गरिएका कार्यक्रमहरूको खूब प्रचारप्रसार गरिए कै छन।


तपाई हाम्रो क्षेत्रको प्रतिनिधि सभामा नेतृत्व गर्ने सांसद हुनुहुन्छ तपाइले एउटा सांसद को हैसियत ले के गर्नु भा छ?
 तपाई र तपाई यसपूर्व सामिल सरकारले अहिले गरीब, मजदुर ,ज्यालादार  जनताको लागि के गरेको छ? 
 के सम्पूर्ण जनतालाई घरमै कैद गरेर जिम्मेवारी पूरा  हुन्छ?
अहिलेको आवस्था मा हजारौं परिवार यस्ता छन जसको घरमा चूलो समेत बल्न गाह्रो बनेको छ त्यस्तो आवस्थामा नेपाल सरकारले जनताको पेटभ्रनलाई के गरेको छ? 
के तपाईंको क्षेत्रको जनता लगायत पूरै देशको जनतालाई थुनेर मात्र पुग्छ अथवा गास वास कपासको पनि सरकारले बेवास्था गर्छ? 
के तपाईं जस्ताले आफ्नो ब्यक्तिगत प्रचारप्रसार गर्ने काम मात्र हुन्छ अब यस महामारीको समयमा पनि?
 जब प्रशासनले कसैलाई पनि ब्यक्तिगत राहत नबाट्ने भनि सकेको आवस्था मा तपाईं कसरी आफ्नो ब्यक्तिगत रूपमा राहत बितरण गरि प्रचारबाजी गर्नु हुन्छ? 
तपाईं केन्द्रीय सांसद , प्रदेश सांसद एंव स्थानीय निकायले समेत जनताको हितको  कुनै ठोस कदम नउठाइ आ-आफ्नो प्रचारप्रसार गर्ने सरारत मात्र गरिएको  देखिएको छ के नेपाल सरकारको कुनै पनि सरकार काम लायक छैन??

 जिल्ला प्रशासन बाँकेलाइ समेत विशेष आग्रह गर्दछु कि तत्काल ब्यक्तिगत प्रचारप्रसार गरि राजनीति  बन्द गरिनु पर्छ होइन भने सबै राजनीतिक दललाइ राहत सामाग्री वितरण छूट पास दिन जनमत पार्टी   केन्द्रीय सदस्य  इरफान अहमद शेष, माँग गरेका छन । राहत होइन राजनीति भएको हाम्रो ठहर रहेको छ यस्तो क्रियाकलाप तत्काल बन्द होस ।साथै बाँकेका सबै स्थानीय सरकारलाई समेत कार्यगर कदम चाल्न आग्रह गर्दछौं शेषले बिज्ञप्ती मार्फत आफनो बिरोध जनाएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x