७ कार्तिक २०८१, बुधबार

नेपालगञ्जका क्रियाशिल मध्ये रहेका २० जना पत्रकारलाई राहत प्रदान

एसीपी संवाददाता

४ बैशाख २०७७, बिहीबार १२:०८ मा प्रकाशित

गोल्डेन एज अनलाइन प्रालिका प्रमुख जय सिंह केसी

नेपालगञ्जका क्रियाशिलमध्येमा रहेका २० जना पत्रकारलाई राहत प्रदान गरिने भएको छ । नेपालगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका र लकडाउनले समस्यामा परेका २० जना पत्रकारलाई बिहीवार राहतस्वरुप खाद्यान्न प्रदान गरिने भएको हो ।आफ्नो जीउज्यानको सुरक्षाको खयाल नगरी दिनरात जनतालाई सूचनाको हक प्रत्याभूत गराउन रिर्पोटिङमा खटिरहेका पत्रकारलाई लकडाउनले जीवनयापान गर्न गाह्रो भएको हुँदा राहतस्वरुप खाद्यान्न बितरण गर्न लागेको गोल्डेन एज अनलाइन प्रालिका प्रमुख जय सिंह केसीले जानकारी दिए ।नेपालमा लकडाउन (बन्दाबन्दी) भएको आज २४ औं दिन । कोरोना भाइरस (कोभिड–१९) को त्रास उस्तै छ । सबैतिर अतिवाश्यक बाहेकको आवागमनमा पुर्ण रुपमा रोक लगाईएको छ ।जसले गर्दा आम नागरिकहरुको दैनिकीमा प्रत्यक्ष असर परीराखेको छ । कतिले राम्ररी खाना पाएका छैन्न । कति सगँ पैसा (रकम) भएर पनि भने अनुसार किनमेल गर्न सकिरहेका छैन्न ।

बजेटको अभावमा राज्यका संयन्त्रहरुले जनताको माग अनुसार काम गर्न सकिरहेका छैन्न । तर प्रयास भने जारी नै राखेका छन । कति बीच बाटोमै अलपत्र परेका छन । यसैबीच नेपालगंजका २० जना श्रमजिवी पत्रकार, संञ्चारकर्मीहरुलाई खाद्य सामाग्री उपलब्ध गराईएको छ ।गोल्डेन एज मिडिया प्रा.ली.को आर्थिक सहयोगमा चामल, पिठो, दाल, तेल आज नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र प्रा.ली.का निर्देशक जयसिंह केसीले हस्तारण गर्नुभएको हो ।यसैगरी समाजसेवी राहुल कौशलले ग्लब्स पन्जा सहयोग गर्नुभएको छ । गोल्डेन एज मिडिया प्रा.ली.ले यसअघि पनि कोहलपुरका १० जना पत्रकारलाई खाद्य सामाग्री उपलब्ध गराएको थियो ।नेपालगंजमा खाद्य सामाग्री हस्तारण गर्ने कार्यको समन्वय भने नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र, (भेरी एफ.एम. १०५.४ मेगाहर्ज) ले गरेको थियो ।गोल्डेन एज मिडिया प्रा.ली.ले नै नेपालगंज जयसपुर स्थित दशगजा क्यारेन्टाइनमा बसेका २ सय जनालाई फलफुल, नास्ता र ३ सय जनालाई मास्क वितरण गरिसकेको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x