१४ मंसिर २०८०, बिहीबार

२० जना पत्रकारलाई राहत प्रदान गरिएको छ

एसीपी संवाददाता

४ बैशाख २०७७, बिहीबार ०८:४५ मा प्रकाशित

नेपालगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेकामध्ये समस्यामा परेका २० जना पत्रकारलाई राहत प्रदान गरिएको छ । लकडाउनले समस्यामा परेका २० जना पत्रकारलाई बिहीवार राहतस्वारुप खाद्यान्न प्रदान गरिएको हो ।
आफ्नो जीउज्यानको ख्याल नगरी दिनरात जनतालाई सुसुचित गर्न रिपार्टिङमा खटिरहेका पत्रकारलाई लकडाउनले जीवनयापन गर्न गाह्रो भएको हुँदा राहतस्वारुप खाद्यान्न बितरण गरिएको गोल्डेन एज अनलाइन प्रालिका प्रमुख जय सिंह केसीले जानकारी दिए ।
लकडाउनले सर्वसाधारणसंगै पत्रकारहरुलाई पनि जीवनयापन गर्न समस्या भइरहेपनि सरकारले कुनै वास्ता नगर्दा पत्रकारहरुलाई सानो सहयोग गरिएको प्रमुख केसीको भनाई छ । गोल्डेन एज अनलाइन प्रालिको आर्थिक सहयोगमा चामल, दाल, पिठो, नुन, तेललगायतका खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
केसीले यसअघि कोहलपुरमा क्रियाशिल १० जना पत्रकार, कोहलपुर वडा नं. ८ का नागरिकलाई राहतस्वरुप खाद्यन्न तथा दशगजामा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा बितरण लगायतको सहयोग गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x