कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ

मनोज तिवारी / कोरोना भाइरसक रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। कोभिड १९ आपतकालिन,माहामारी,पूर्वतयारी तथा नियन्त्रणका लागि उक्त ऋण दिनका लागि विश्वबैंकको बोर्डले स्विकृत गरिसकेको छ। यो रकम नेपाल सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्ने छ। ऋण सम्झौता गर्नका लागि १६ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरी अर्थमन्त्रालयलाई अधिकार दिइसकेको छ। विश्वबैंकले यो ऋण ३८ वर्षका लागि दिन लागेको हो। यसको किस्ता ६ वर्षपछि सुरु हुने छ। त्यस्तै नेपाल सरकारले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पनि ऋण लिने तयारी गरिरहेको छ। बजेट साहयता अन्तर्गत आउने प्रक्रियामा रहेको एडिबीको ७ अर्ब ३३ करोड ऋण रहेको छ। सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ९ करोड ऋण लिने तयारी गरिरहेको छ। यसका लागि अर्थमन्त्रालयले निर्णय गरेर सम्झौता प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकमा पत्राचार पनि गरिसकेको छ। तर सरकारले स्थानिय तह मा केही सुबिधा दिना सकेको छैन।ऋण लिने जनता को किस्ता र ब्याज अहिलेको पछि तिर्नै पर्ने बाध्य बैंक ले बनाएकै छ।देशमा भोकमरी दैनिकी बढी नै रहेको पाइन्छ।मध्यम बर्ग लाई घटाएर सर्बहारा बनाइ नै रहेका छन ।भुकम्प पिडित का लागि बिदेश बाट आएको राहत सरकारले कहाँ कुन ठाँउमा खर्च कति गर्यो भन्ने कुरा सार्बजनिक नगरेको जनताले बिर्सेका होइनन् र अहिले आउने रकम पनि सार्बजनिक नगराउने नियत भुकम्प राहतले नै दर्साएको पाइन्छ। भन्छ्न हुने बिरुवाको चिल्लो पात ।



