काँग्रेसका जिल्ला सभापतिहरुलाई पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङको अपिल,हिड्दै ३५ जना बर्दिया पुग्ने टोलि कोहलपुरको हवाल्दारपुरमा राहत
एजेन्सी बैशाख ५ गते बाँके । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुलाई पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले अपिल गर्नुभएको छ ।

बाध्यताले पैदल यात्रा मार्फत् आ आफ्नो घर तर्फ जादै गरेका व्यक्तिहरुलाई सहयोग गर्न उहाँले पार्टीका जिल्ला सभापतिहरुलाई अपिल गर्नुभएको हो ।नेता गुरुङले पिडितहरुलाई सरकारले सहयोग गर्ला भन्ने आशा नगर्न पनि सुझाव दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत् उहाँले बाटोमा विचल्लीमा परेको सूचना पाउने बित्तिकै एक जिल्लाले अर्को जिल्लासँग समन्वय गरेर उद्वार गर्न आग्रह गर्नु भएको छ ।

उद्धार कार्यमा सरकारले अबरोध गर्न खोजे जनता आफैले प्रतिरोध गर्ने नेता गुरुङको भनाई छ ।सामाजिक सञ्जालमा गुरुङले लेख्नु भएको छ, “जयनेपाल! भ्रष्ट जनबिरोधी सरकारको आशा नगरौं। बिभिन्न शहरबाट आआफ्नो घरतर्फ हिंडिरहेका मजदूर, असहाय नागरिकहरु बाटोमा विचल्लीमा परेको सूचना पाउने बित्तिकै एक जिल्लाले अर्को जिल्लासँग समन्वय गरेर उद्वार गर्नु हुन विनम्रताका साथ अनुरोध गर्दछु।

यसै बीच नेपाली काँग्रेश बाँकेका उपाध्यक्ष फुलाराम चौधरी र कोहलपुर नगर पालिका उप मेयर सन्जु चौधरीले ५ दिन देखि काठमाडौं बाट हिड्दै ३५ जना को टोलि राजापुर बर्दिया सम्मा पुग्ने टोलि लाई आज कोहलपुर वार्ड न.१४ को हवाल्दारपुर मा राहत

समागृ(चाउचाउ,दालमोट,चिउरा,पानी)उप्लब्ध गराइयो।यस कार्य मा विशेष सह्योगी उप मेयर सन्जु कुमारी चौधरी र एक जना हवल्दार पुर निवासी । यसै गरि सधैं हजुरहरुको मानव कार्यमा हात लम्की रहोस शुभकामना ।



