वैशाख ६ गते नेविसंघले विद्यार्थीलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउने


एजेन्सी बैशाख ५ गते । अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर नेपाल विद्यार्थी संघले स्वर्ण महोत्सव मनाउने भएको छ । संघका अध्यक्ष राजीव ढुँगानाले बिहीबारसर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस इकाईलाई यस्तो निर्देशन जारी गरेका हुन् ।वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गर्दै छ । कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थी समस्यामा रहेको भन्दै नेविसंघले यस वर्ष ती विद्यार्थीलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउन लागेको संघका महामन्त्री वलदेव तिमल्सिनाले बताए।त्यस्तै, सामाजिक सन्जालमार्फत् कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भर्चुअल अन्तरक्रिया गर्न पनि परिपत्र गरिएको महामन्त्री तिमल्सिनाले बताए ।रक्तदान, राहत वितरण, सचेतना अभियान लगायतका कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक दूरी कायम गरेर आयोजना गर्न संघका अध्यक्ष राजीव ढुंगानाले सर्कुलर गरेका छन् ।

यस अवसरमा नेविसंघ केन्द्रीय समितिले पनि यस्तै गतिविधि सञ्चालन गर्ने तयारी गरेको संघले जनाएको छ । नेपाल विद्यार्थी संघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेशले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा भएको थियो।यस संगठन व्यतिगत स्वार्थ माथी सम्बन्धि छैन। नेपाल विद्यार्थी संघ एक ऐतिहासिक संगठन र एक अनवरत संघर्षिल संस्था हो । नेपाल विद्यार्थी संघको इतिहास आन्दोलन र क्रान्तिको पृष्ठभुमिमा रहि शाहिदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवं सचेत विद्यार्थीहरुको नवीन मार्गको रूपमा जेलभित्र कमल र मशाल अङ्कित झण्डा निर्माण गरि स्वायम्भुको सत्तलमा जन्मिएको कुरा सर्वबित नै छन् । नेपाल विद्यार्थी संघ निरंकुश, अधिनायकवादी र सामन्तीहरुको विरुद्धमा अनवरत संघर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनिती, अर्थिक, शैक्षिक एवं समान्त मुलक राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र गरि रहने प्रतिबद्धता अनुरुप जन्मिएको संस्था नै नेपाल विद्यार्थी संघ हो