१२ मंसिर २०८०, मंगलवार

मजदुरहरू बाटैमा अलपत्र परिरहेका बेला प्रधानमन्त्री ओलीले हिँडेर पनि यात्रा गर्न नदिन निर्देशन

एसीपी संवाददाता

६ बैशाख २०७७, शनिबार ०२:१४ मा प्रकाशित

प्रधानमन्त्री केपि ओलि शर्मा 

एजेन्सी बैशाख ६ गते । काम गरिरहेको ठाउँका ठेकेदारले बेवास्ता गरेपछि र स्थानीय तहले वितरण गर्ने राहतमा पनि पहुँच नपुगेपछि भोकै बस्न नसकेर घर हिँडेका मजदुरहरू बाटैमा अलपत्र परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर पनि यात्रा गर्न नदिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिमा सदस्‍य रहेका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखसहित शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन अझै कडा पार्न निर्देशन दिएका हुन् । ‘लकडाउन भनेको लकडाउन नै हो, अत्यावश्यक कामबाहेकका कसैलाई पनि बाटोमा निस्किन नदिनू,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘खान नपाएका मजदुरहरूलाई बसेकै ठाउँमा खाद्यान्नको व्यवस्था मिलाइदिनू ।’
यस्तै बैठकमा मजदुरहरूको सही तथ्यांक निकालेर उनीहरूलाई काममा लगाउने विषय उठे पनि थप छलफल भएन । प्रधानमन्त्री ओलीसँग छलफलमा जानुअघि कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकमा घर हिँडेका मजदुरहरूको बाटोमै बिचल्ली भएकाले उनीहरूलाई जसरी भए पनि घर पुर्‍याउने व्यवस्था गर्नुपर्ने र त्यसको पहलकदमी स्थानीय सरकारहरूले लिनुपर्ने निष्कर्ष निस्किएको थियो । मजदुरलाई या त भरपेट खाना दिनुपर्ने या घर जान दिनुपर्ने दुई विकल्प लिएर प्रधानमन्त्रीसमक्ष समितिका पदाधिकारी पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Suman Ğüptã
Suman Ğüptã
3 years ago

हैना राज्य ले गरेको काम Lockdown सराहनीय छ तरा पनि hand to mouth वाला मजदूर को समस्या बुझने काम पनि गर्नु पर्छ, रा वहां लाई यदि नेपाली नागरिक हो भने यस्ता मजदूर लाई वहाँको घर सम्म पुग्ने वातावरण राज्य ले अथवा स्थानीय तह का नगरपालिका का मेयर उपमेयर र प्रशाशन ले गर्दीनु पर्छ जस्तो हामी सबै जनताको धारणा हो, बाकी राज्य आफै म बुद्धिजीवी हो ।।।।।। जय राष्ट्र जय नेपाल

Sushil Ğüptã

2
0
Would love your thoughts, please comment.x
()
x