१२ मंसिर २०८०, मंगलवार

लकडाउनका कारण अहिले भारत सँग जोडिएको सिमा नाका थप कडा, आवत जावत पूर्णरुपले ठप्प

एसीपी संवाददाता

६ बैशाख २०७७, शनिबार १३:१२ मा प्रकाशित

बैशाख ६ गते नेपालगंज । कोभिड १९ कोरोना भाईरस बिरुद्ध देशमा जारी रहेको लकडाउनका कारण अहिले भारत सँग जोडिएको सिमा नाकामा थप कडा भएको छ । शसस्त्र प्रहरी  बलका प्रहरी जवानले लगभग ५ / ५ मिटरको अन्तरालमा खटी सीमामा आवत जावत गर्न पूर्णरुपले ठप्प पारेका छन ।

बिश्व भरि बैश्विक महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरस संक्रमण भएका ब्यक्ति भारतको सीमानाका हुंदै नेपालमा पनि छिर्न सक्ने सम्भावना रहेकोले सीमानाका पूर्णरुपले ठप्प पारेका स्रोत जनाएको छ । अति आवश्यक सामग्री खाद्यान लगायतका ढुवानी गर्ने सवारी साधनलाई शसस्त्र प्रहरी बलका जवानहरुले पूर्णरुपमा सेनिटाईज गरी मात्र नेपालमा प्रवेश गराउनुका साथै मालवाहक गाडी सहितको चालक र सह–चालकको प्रमाण पत्र र फोटो खिची सम्बन्धित निकायमा राखी पछि फर्कने समयमा फोटो र प्रमाण पत्र भिडाई चेक जाँच कडा पारेका छन ।

यसै बीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तत्थ्याँक अनुसार हाल नेपालमा कुल स्वाब परिक्षण गरिएको ७,७०२, विदेशबाट नेपाल आएका कुल २३,४१२, नेपाल प्रवेश नदिईएका २२१, कुल आईसोलेसन बेड संख्या ३,०८१ कुल क्वारेन्टाईन बेड संख्या ३१,१२० कुल एम्बुलेन्स २,०१६ यसै गरी ६,७१४ क्वारेन्टाईनमा बसेको, आईसोलेसनमा बसेका ९० उपचाररत २८ निको भएका २ रहेको जानकारी प्राप्त भएको छ । यो समाचार तयार पर्दासम्म कोरोना भाईरसले नेपालमा कसैको मृत्यु नभएको तत्थ्याँकले जनाएको छ ।

बिश्व भरि सबैका लागि लकडाउन भए पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी आफनो जीवन र आफ्नो घरपरिवारको चिन्ता नगरी राज्यलाई नै आफ्नो परिवार ठानी दिनरात आफनो कत्र्तब्यको पालनाका साथै कोभिड–१९ कोरोना भाईरस बिरुद्ध मानवताका लागी आफ्नो धर्म पालना गरिरहेको प्रति सम्पूर्ण मानव जाति उहाँहरु प्रति कृत्यज्ञ रहको छ भने बिश्वकै सञ्चार जगतमा कार्यरत् सञ्चारकर्मीहरुले कोभिड–१९ कोरोना भाईरस बिरुद्ध आम जनमानसमा समाचारका साथै जनचेतना जगाईरहेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x