१२ मंसिर २०८०, मंगलवार

कार्यविधी अनुसार राहत वितरण वडाध्यक्ष:जमिल अहमद खां

एसीपी संवाददाता

८ बैशाख २०७७, सोमबार ०१:३३ मा प्रकाशित

कृष्णनगर, वैशाख
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ५ मा गुणस्तरयुक्त चामल वितरण भएको सर्वदलीय प्रतिनिधीहरु को भनाइ रहेको छ।
देश भरमा लाकडाउन रहेको अवस्थाले दैनिक ज्यालादारी गर्ने मजदुर अति बिपन्न असहाय श्रमिक परिवारहरु लाई छाक टार्न समस्या भइ रहेकाले नेपाल सरकार ले प्रत्येक स्थानिए सरकार लाई प्रदेश सरकार संग समन्व्य गरि राहत सामग्री वितरण गर्न को लागि कार्यविधि समेत तैयार गरेको थियो। आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ५ मा कार्यविधि अनुसार नाम संकलन गरि अतिविपन्न असहाय दैनिक ज्याला मजदूरी
गर्नेको नाम संकलन गरि राहत वितरण कार्य अगाडी बढेको देखिन्छ।
आइतबार का दिन वडा नं ५ डबरा गाउमा करिब २६६ घर परिवार लाई राहत वितरण गरेको कुरा वडाध्यक्ष जमिल अहमद खां ले जानकारी दिए।
वडास्तरिए राजनैतिक दलका प्रतिनिधि हरु लाई समावेश गरि नाम संकलन गरिएको र राजनैतिक प्रतिनिधि हरु संग छलफल गरि वहाहरुको रोहबरमा राहत वितरण कार्य शुरु गरेको वडा सदस्य रिंजर तिवारी ले बताएका थिए।
वडा नं. ५ मा राहत वितरण कार्य नेपाल सरकार ले दिएको कार्यविधीको पूर्ण पालना गरि निश्पक्ष तरिकाले भएको छ आज को राहत वितरण भएका ले गरिब असहाय परिवार खुशी भएका छन प्रथम चरणमा २६६ घर परिवार मा वितरण भएको छ र अन्य छुटेका लाई पनि यथासिघ्र राहत उपलब्ध गराउन को लागि नेपाली कांग्रेस का जिल्ला कार्यसमिति सदस्य भरत किशोर चौधरी ले कृष्णनगर नगरपालिका संग अग्रह समेत गरेका थिए।
राहत वितरण गर्दा वडा सदस्य रेन्जर तिवारी, प्रभावती पासी, बढदुल रैदास, समाजवादी पार्टी का प्रतिनिध जगदम्बा प्रसाद चौधरी, बहुजन शक्ति का प्रतिनिध कैलाश रैदास, समाजसेवी लालता प्रसाद यादव, प्रदीप चौधरी, कमिश्वर प्रसाद पाण्डेय, मोहम्मद तस्लीम खां, रामापति उपाध्यक्ष लगायत वडासचिव, पत्रकारहरुको उपस्थिती रह्यो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x