१७ जेष्ठ २०८१, बिहीबार

एनएमबि बैंक जितपुर शाखाले गर्यो बाणंगगाको राहत कोषमा खाद्य सामाग्री सहयोग

एसीपी संवाददाता

९ बैशाख २०७७, मंगलवार ०९:३५ मा प्रकाशित

वैशाख ९ , कपिलवस्तु एनएमबि बैंक लि. जितपुर शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका द्वारा स्थापना गरिएको राहत कोषमा करिब ६३ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारी र बाणगंगा नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालको उपस्थितिमा बैंकले उक्त खाद्य सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । देश कोरोना भाइरस (Covid-19) बाट आक्रान्त बन्दै गइरहेको र लामो समय देखिको लकडाउनको अवस्थामा दैनिक रूपमा मजदुरी गरेर आफ्नो छाक टार्नेहरूको दैनिकी सहज बनाउन यस प्रकारको सहयोग महत्त्वपूर्ण हुने नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालले बताउनु भयो । एनएमबि बैंकले यस अघि प्रधानमन्त्री राहत कोषमा एक करोड एकाउन्न लाख रूपैयाँ नगद र सात वटै प्रदेशमा सय /सय थान ‘पिपिइ’ हस्तान्तरण गरिसकेको छ भने विभिन्न प्रदेशमा रहेका शाखाहरूले समेत शाखा रहेको नगर र पालिकाहरूमा सहयोग गर्दै आइरहेका छन् । बैंकले कपिलवस्तु जिल्ला भित्र बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाको राहत कोषमा यस अघि नै खाद्य सामाग्री हस्तान्तरण गरिसकेको एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारीले जानकारी दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x