७ कार्तिक २०८१, बुधबार

क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने माग: राष्ट्रिय मदरसा संघ

एसीपी संवाददाता

१० बैशाख २०७७, बुधबार ०८:५४ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु , चैत्र १०
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लक डाउनको स्थितिबाट गुज्रिरहेको छ । यस क्रममा खाशगरेर बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण छ कि छैन भन्ने सामान्य ब्यवस्था गरिएको छ र संक्रमित भेटि आइसोलेशनमा लगेर उपचार गर्ने गरिएको छ ।
तर यस्तो महामारीले आक्रान्त भएको बेलामा पनि देशमा महिलाहरु बलात्कृत भएका घटनाहरुुबढ्दो घटनाप्रति चिन्तित र दुःखित हुँदै राष्ट्रिय मदरसा संघ नेपालले घोर बिरोध जनाएको छ । संघले यस्तो स्थिति आउन नदिन क्वारेण्टाइन महिला मैत्री हुनुपर्दछ ।महिला र पुरुषका निमित्त छुट्टा छुट्टै भवनमा हुनु पर्दछ या महिलाहरुको अलग वार्ड हुनु पर्दछ र महिलाहरुले क्वारेण्टाईनमा रहँदा सुरक्षित हुन र रहन पाउनु पर्दछ भन्ने सरकार र सरोकारवालासँग राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कुफी र महासचिव मौलाना मसुद खाँ नेपालीले संयुक्त विज्ञ्पती मार्फत जोडदार माग गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x