७ कार्तिक २०८१, बुधबार

समाजवादी पार्टीका राईले पार्टीभित्र मतभेद छ विभाजन गर्ने कुनै योजना नरहेको प्रष्ट पारे

एसीपी संवाददाता

११ बैशाख २०७७, बिहीबार १२:३२ मा प्रकाशित

बिश्व कोभिड १९ कोरोना भाइरसको महामारी झेली रहेको बेलामा पार्टी फुटाउने आरोप गलत भएको पुर्ब मन्त्री मो. ईस्तियाक राईले बताएका छन । नेपालमा समेत यस्को संक्रमण को प्रभाव बढदै गएको अवस्थामा पुर्ब मन्त्री राई माथी यस्तो आरोप पुर्ण निराधार त न होला ? के हावा न चलेर पात हल्लीन्छ र  ?  

बैशाख ११ गते । समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले पार्टीभित्र मतभेद रहेको स्वीकार गर्दै विभाजन गर्ने कुनै योजना नरहेको र त्यसमा नलागेको प्रष्ट पारेका छन् । उनी लगायत नेताहरूको समाजवादी पार्टीलाई विभाजनको संघारमा लगेको भन्ने आशंका भइरहेका बेला यस्तो प्रष्टिकरण आएको हो । आफूहरूले पार्टी फुटाउन लागेको भन्ने हल्ला मात्रै भएको राईले बताएका छन्।’मैले चार दिन अघि नै पार्टीमा मतभिन्नता छ भनेको थिएँ । विवाद छन् तर, हामीभन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ,’ उनले भने, ‘यो विवाद भनेको विभाजन होइन भन्ने मैले प्रस्टै पारेको थिए। त्यो कुरा अहिले पनि छ।’ राईलगायत कतिपय सांसदहरूले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका थिए।बुधबार समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको पार्टी विभाजन गर्ने उद्देश्यले ‘अपहरण गरिएको’ दाबी सार्वजनिक भएको थियो। सरकारले पार्टी विभाजन गर्न सहज पार्ने अध्यादेश ल्याएसँगै समाजवादी पार्टीमा हलचल आएको थियो। सोमबार मन्त्रिपरिषद् पारित गरेको अध्यादेश सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन्। जसको प्रभाव बुधबार नै देखिन थालेको थियो।पार्टी विभाजनको डरले बुधबार राति राजपा र समाजवादीबीच एकता भएको छ। पूर्वमन्त्रीसमेत रहेका राईले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताए।

उनले अधिकार प्राप्तिका लागि संघर्ष गरिरहेका शक्तिहरू एकठाउँमा आउनु खुसीको कुरा भएको प्रतिक्रिया दिए।‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपना थियो, जुन संघर्ष गर्ने शक्तिहरू थिए एकठाउँमा यो घटनाले ल्याइदिएको छ। एउटा खुसीको खबर हो,’ उनले भने, ‘यसबाट जनतामा र मेरो मतदातामा र हाम्रो पार्टीका शुभचिन्तक र शुभेच्छुकहरूमा झनै उत्साह र ऊर्जा थपिएको छ। यसले थप मद्दत पुर्‍याउने छ।’राईले पार्टीभित्र फरक मत राख्ने बित्तिकै पार्टी नै विभाजन गर्ने उदेश्य राखेकाे छ भन्ने तरिकाले बुझ्न नहुने पनि बताए ।सरकारले ल्याएका अध्यादेशबारे पार्टीको धारणा नै आधिकारीक भएको राईको भनाइ थियो। समाजवादी पार्टीले सरकारले अध्यादेश ल्याएर गल्ती गरेको भन्दै फिर्ता लिन माग गरिसकेको छ।सभार इृ कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x