१४ मंसिर २०८०, बिहीबार

कोरोना भाइरसका कारण अमेरीकामा ८० हजार भारतमा २२९३ र पाकिस्तानमा ६३८ को मृत्यू

एसीपी संवाददाता

३० बैशाख २०७७, मंगलवार ०६:१८ मा प्रकाशित

फाइल/ तस्बीर

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८० हजार नाघेको छ । संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न थालेका छन् ।जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।
यसै बीच भारतमा पुष्टि भएका कूल संख्या ७० हजार ७५६ पुगेको छ । जसमा २२९३ जनाको मृत्यु भएको छ । सक्रमित रिकभरी गर्नेहरूको संख्या २२ हजार ४५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५०० नयाँ सक्रमित ब्यक्ति रहेका छन भने ८७ जनाको ज्यान गएके छ । अहिले सम्म कोरोना बिरामीहरुको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य विभागले सोमबार बिहान जारी गरेको पछिल्लो अपडेटका अनुसार देशमा पुष्टि भएका घटनाहरू जसमा २२९३ जनाको ज्यान गएको छ र निको हुनेहरुको संख्या २२ हजार ४५५ भएको छ । महाराष्ट्र प्रदेश सबैभन्दा बढी कोरोनाबाट प्रभावित छ । हालसम्म यहाँ २३ हजार ४०१ घटनाहरू रिपोर्ट गरिएको छ जसमा ८६८ व्यक्तिको मृत्यु भएको छ । महाराष्ट्र पछि गुजरातमा संक्रमण तीव्र गतिले बढिरहेको छ । हालसम्म यहाँ ८ हजार ५४१ घटना रिपोर्ट गरिएको छ, जसमा ५१३ जना संक्रमितहरुको ज्यान गएको छ ।

यसै बीच शनिबार सम्म पाकिस्तानबाट प्रकाशित उर्दू समाचारपत्रहरूमा पनि कोरोना भाइरस सम्बन्धी मुख्य समाचारमा रहेका छन ्। शनिबार राति १२्र बजे सम्मका तथ्यांका अनुसार पाकिस्तानमा कोरोना भाइरस संक्रमणको जम्मा २९४३४ घटना रहेको छ । हालसम्म ६३८ जनाको ज्यान भएको छ । पाकिस्तानमा आठ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित बिरामीहरू पनि पुनः निको भइसकेका छन् । पाकिस्तानको पंजाब प्रान्तमासब भन्दा बढी ११हजार ९३ जना संक्रमित रहेका छन भने कोरोनाबाट सबैभन्दा बढी मृत्यु कख्तकवाहमा भएको छ जहाँ हालसम्म २३४ व्यक्तिको मृत्यु भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x