१२ मंसिर २०८०, मंगलवार

नेपालगन्जमा हालसम्म भएका परिक्षणमा सबै कोरोना परिक्षणको रिपोर्ट ‘नेगेटिभ’

एसीपी संवाददाता

१० बैशाख २०७७, बुधबार १३:५० मा प्रकाशित

बैशाख १० गते नेपालगंज बाँके । भेरी अस्पताल नेपालगन्जमा हालसम्म भएका परिक्षणमा सबै कोरोना परिक्षणको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । बैशाख ७ गतेबाट अस्पतालमा pcr ल्याव निर्माण गरी कोरोना भाईरसको परिक्षण सुरु भएको हो ।

बाँकेमा १२ जनाको स्याम्पल परिक्षण गरीएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले फोन मार्फत जानकारी दिएका हुन । भेरी अस्पतालमै परिक्षण गरीएका बर्दियाका २ र दाङका ५ जनाको pcr परिक्षणको रिपोर्ट समेत नेगेटिभ देखिएको छ । बाँकेमा बुधबारसम्म भएका सबै परिक्षणमा ५ सय ३० जनाको कोरोना सम्बन्धि रिपोर्ट ‘नेगेटिभ’ आएको हो । बाँकेमा हालसम्म आरडिटी बिधिबाट ४ सय २७ जना र पिसिआर विधिबाट १ सय ३ जनाको स्याम्पल जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x