१२ मंसिर २०८०, मंगलवार
भेरी अस्पतालमा कोरोना संक्रमणको PCR जाँच गर्दा २३ जनाको रिपोर्ट नेगेटिभ,नेपालमा थप २ जनामा कोरोना संक्रमण


कोभिड १९ कोरोना भाईरसको जाँच क्रम जारी रहेको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार बाँके भेरी अस्पतालमा कोरोना संक्रमणको PCR जाँच गर्दा २३ जनाको रिपोर्ट नेगेटिभ आएको र २ जनाको स्याम्पल प्रोसेसिडमा रहेको छ ।

यसै बीच स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीवार थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उदयपुकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ ।
Subscribe
Login
0 Comments