२४ कार्तिक २०८२, आईतवार
मुस्लिम धर्मगुरुहरुले परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सामुहिक अपील

(कोभिड–१९)को संक्रमणबाट जोगिन र जोगाउन मुस्लिम धर्मगुरुहरुले परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सामुहिक अपील गरेका छन् । रमजानको पूर्वसन्ध्यामा नेपालगञ्जका मुस्लिम धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढने गरि व्यवस्था मिलाउन सार्वजनिक अपील गरेका हुन् । सम्वाद समूह बाँकेको सहजीकरणमा बिहीवार नेपालगञ्जमा गरिएको मुस्लिम धर्मगुरु र अगुवाबीचको अन्तरक्रियात्मक सम्वादपछि उनीहरुले संयुक्त अपील गरेका हुन् ।
Subscribe
Login
0 Comments



