सीमावर्ती क्षेत्रमा संक्रमित भेटिएकोले थप सुरक्षा सतर्कता

बैशाख १२ नेपालगञ्ज । सीमावर्ती क्षेत्रमा कोराना (कोभिड १९) संक्रमित भेटिएकोले सुरक्षा ब्यवस्थामा थप सतर्कता अपनाउनु पर्ने देखिएको छ । भारतको नेपाल सीमावर्ती क्षेत्र संग जोडिएका बहराईच र श्रावस्ती जिल्लामा कोराना (कोभिड १९) संक्रमित भेटिएको हो ।
बहराईच जिल्लामा ११ श्रावस्ती जिल्लामा ३ जना कोरोन संक्रमित भेटिएको कारण सीमावर्ती क्षेत्रमा थप सतरकता अपनाउनु पर्ने देखिएको छ । भारतबाट आउने खाद्यान सामग्री, तरकारीका साथै अन्य सामग्रीमा थप चेक जाँचका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ । कँचनपुर, कैलाली, दाँग, बर्दिया र बाँकेको नाकाबाट लुकीछिपी आउने जाने क्रम जारी रहेको कुरालाई आवश्यक छानबिन गरी निश्कर्ष निकाल्न र आउने जाने माथि कडा कार्यवाही गर्न आवश्यक रहेको ।
केही दिन अगाडी बाँके जिल्लाको जानकी गाउपालिकाको साई गाऊँ स्थित प्रहरी चौकी रहेकोमा बिरोध जनाउँदै स्थानियले प्रहरी चौकी हटाउने माँग गरेका थिए । यिनीहरुको मनसायबाट भारतीय नागरिकहरु आवत जावत गर्न पाउन र राज्यश्व छली भारतबाट ल्याएको माल सामान चोरी पैठारी गर्न छूट दिने मनसाय रहेको कुरा प्रमाणित हुन्छ तर जिल्ला प्रहरी कार्यालय बाँकेको बिशेष सक्रियताका कारण यिनीहरुको मनसाय बिफल भएको हो ।
भारतको बहराईज जिल्लामा भेटिएका बिभिन्न कोराना (कोभिड १९) संक्रमित मध्ये बर्दिया बगनहा सुजनपुरका एक जना नेपाली नागरिक समेत रहेको श्रोतले जनाएको छ ।