कांग्रेसका प्रवक्ता शर्माले बेलैमा अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको बताएका छन्,अपहरण शैलीमा सांसद उठाउने कर्ममा संगलग्नलाई कारवाहीको प्रतीक्षामा


सरकारले ४ दिनअघि ल्याएका दुवै विवादित अध्यादेश फिर्ता गरेको निर्णयको प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्वागत गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले बेलैमा अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको बताएका छन्। उनले भने,’दुवै विवादित अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको छ, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संगलग्नलाई कारवाहीको प्रतीक्षामा छौं।’उनले अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रहसमेत गरेका छन्। उनले ट्वीटमा भनेका छन्,’ पहिले नागरिककको जीवन जोगाऔं फुर्सदमा राजनीतिक विवाद गरौंला।’सबैतिरबाट चर्को विरोध र आलोचनापछि सरकारले दुई विवादित अध्यादेश फिर्ता गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।सरकारको निर्णयको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन्। दुवै अध्यादेशको पार्टीभित्रै र नागरिकस्तरबाट चर्को आलोचना भएपछि प्रधानमन्त्री ओली पछि हट्न बाध्य भएका हुन्।सभार अन्नपुर्ण पोस्ट