(कोभिड–१९)को महामारीको बढ्दै गएको अवस्थामा पत्रकारहरु पनि उच्च जोखिममा रहेकाले सुरक्षित हुनका लागि स्वास्थ्य सामग्री बितरण


नेपालमा समेत कोरोना भाइरस (कोभिड–१९)को महामारीको बढ्दै गएको अवस्थामा पत्रकारहरु पनि उच्च जोखिममा रहेकाले सुरक्षित हुनका लागि स्वास्थ्य सामग्री बितरण गरिएको नेपालगञ्जकी उपमयेर उमा थापामगरले जानकारी दिइन् ।
कोरोना भाइरसबाट सुरक्षित रहनका लागि बाँकेका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बिहीवार कार्यालय परिसरमा पुगेका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।
उपमहानगरपालिकाले बाँकको करीब ६५ बढि पत्रकारहरुलाई मास्क, स्यानिटाइजर र एनसेलको सिम बितरण गरेको जनाएको छ । यद्यपि नेपालगञ्जमा पाँच जना पत्रकारको जाँच गरिएको परिक्षण रिर्पोट नेगेटिभ आएको छ ।
बर्तमान महामारीको समयमा पत्रकारहरु पनि कोरोना भाइरसबिरुद्धको लडाईमा प्रत्यक्षरुपमा खटिने भएको हुँदा उनीहरु पनि जोखिममा रहेको भन्दै उपमेयरर थापामगरले जोखिम मोलेर फिल्डबाटै रिपोर्टिङ्ग गर्नुपर्ने भएकोले सुरक्षा सामग्री प्रदान गरिएको बताइन् ।