१५ जेष्ठ २०८१, मंगलवार

थप २४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २४ ३

एसीपी संवाददाता

३१ बैशाख २०७७, बुधबार १४:३४ मा प्रकाशित

थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ ३ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ ३ पुगेको छ । बाँके जिल्ला नेपालगन्ज -८ का ३६ वर्षीय पुरुष तथा कपिलवस्तु -५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x