मुस्लिम धर्मवालम्बीहरुको महान पर्ब ईदको बिदामा अधिराज्य भरी कर्फ्यु लगाउने घोषणा



अरशद शेष राई
साउदी अरेबिया / सऊदी अरेबियाले मुस्लिम धर्मवालम्बीहरुको महान पर्ब ईदुलफित्रको लागि पाँच दिने बिदाको दौरान साउदी सरकारले अधिराज्यभरी नै कर्फ्यु लगाउने घोषणा गरेको छ । कोरोना भाइरसलाई रोक्न तथा थप फैलिन नदिनका लागि साउदी सरकारले ईदुलफित्रको पाँच दिने बिदाको दिनमा अधिराज्य भरी नै २४ घन्टा कर्फ्यु लगाउने घोषणा गरेको हो ।
मुस्लिम धर्मवालम्बीहरुको महान पर्ब ईदुलफित्रको लागि पाँच दिने बिदाको दौरान साउदी सरकारले अधिराज्यभरी नै कर्फ्यु लगाउने घोषणा मंगलबार एकैदिन २५ जना साउदीमा कोरोना पोजिटिभ भेटिएको हालसम्मको उच्च जोखिम
साउदी अरेबियामा दिनदिनै बढ्दै गएको कोरोना भाइरसलाई मध्यनजर गर्दै साउदी अरेबियाको आंतरिक मंत्रालयले मुस्लिमहरुको महान महिना रमजान समाप्त हुने बितिकै अर्थात २३ माई देखि २७ माई सम्म अधिराज्यभरी कर्फ्यु लगाउनु घोषणा गरेका हुन ।
तर कर्फ्युको दौरानमा पनि हालको जस्तै खाध उपभोग्यजन, कमर्शियल तथा बिजनेस इन्टरप्राइजेजहरु खुल्ला रहने छन जस्तो हालको दिनहरुमा खुल्दै आएका छन । कोरोना भाइरसको प्रभावका कारण साउदी सरकारले देशको विभिन्न ठाउँहरुमा लगाउदै आएको २४ घन्टा कर्फ्यु मुस्लिमहरुको पबित्र महिना रमजान शुरु भएपछि कर्फ्युमा ढिलाई दिएको छ ताकी मानिसहरु आफ्नो अतिअवशयक सामान किन्नुका साथै अतिअवश्यक कामका लागि स्वतन्त्रता पुर्बक यात्रा गर्न सकुन । साउदी सरकारले देशको विभिन्न ठाउँमा लगाउँदै आएको २४ घन्टा कर्फ्युमा ढिलाई दिएर साझँ ५:३० देखि बिहान ९ बजे सम्म कायम गरेको छ जस कारण मानिसहरु बिहान ९ बजे देखि साँझ ५ बजे सम्म स्वतन्त्रतापुर्बक अतिअवश्यक कामका लागि निस्किरहेका छन ।
जब कि साउदी सरकारले कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै साउदी अरेबियाको पबित्र स्थल मक्का शहरमा यात्रा गर्नलाई अनुमति दिएको छैन किन भने मक्का शहरमा कर्फ्युलाई कायम रखेको छ ।कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियाले पहिले देखि नै देशको विभिन्न ठाउँहरुमा लगाउदै आएको २४ घन्टा कर्फ्यु रमजानलाई मध्यनजर गरेर ढिलाई दिएपनि साउदी सरकारले कोरोना भाइरसको महामारी प्रभावित क्षेत्रहरुमा आंशिक रुपमा मात्रै ढिलाई दिएको छ ।
छह देश संम्मेलित बनेको संगठन गल्फ कोऑपरेशन काउंसिल (GCC)ले साउदी अरेबियामा सबै भन्दा बढी कोरोना भाइरस महामारीको केस अगाडी आएको बताएको छ ।
गल्फ कोऑपरेशन काउंसिल देशहरुमा अहिले सम्म १०७,००० कोरोना पोजिटिभ र ५८२ जनाको ज्यान गइसकेको जनाएको छ ।साउदी अरेबियामा मंगलबार एकैदिन कोरोना भाइरसको २५,२० जना संक्रमित फेला परेका छन जुन साउदी अरेबियामा एकैदिन भेटिएको संक्रमितको संख्या हाल सम्मको सबै भन्दा उच्च रहेको छ । साउदी अरेबियामा कोरोना भाइरसको महामारीका कारण हाल सम्म २७३ जना ज्यान गईसकेको छ भने ४४,८३० जना कोरोना संक्रमित रहेका छन जब कि १७,६२२ जना उपचारपछि निको भएका छन ।