२१ बैशाख २०८३, सोमबार

लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष,हवाई उडानको प्रतिबन्ध जेठ २ गतेसम्म

एसीपी संवाददाता

१३ बैशाख २०७७, शनिबार १०:४७ मा प्रकाशित

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो । 

https://assets-cdn-npb.kantipurdaily.com/uploads/source/news/kantipur/2020/third-party/covidmeeting-1832020115014-1000x0.jpg

फाइल फोटो

केहीबेरअघि सिंहदरबारमा सकिएको बैठक लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको समितिका एक सदस्यले बताए। वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ।’केही जिल्लामा खासगरी हिमाली क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सल्लाह गरी ती जिल्लाका लागिमात्रै केही निर्णय गर्न सकिन्छ कि भन्ने पनि कुरा भएको छ,’ उनले भने।शुक्रबारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए। समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ। समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ। यसको अन्तिम टुंगो मन्त्रिपरिषद्‍ले लगाउनेछ।

हवाई उडानको प्रतिबन्ध जेठ २ गतेसम्म

लकडाउनसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ। सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको छ। उच्चस्तरीय समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलेआन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्ने निर्णय समितिले गरेको बताए। सभार कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x