१४ मंसिर २०८०, बिहीबार

कृष्णनगर नगरपालिका र वडा नं २ को संयुक्त आयोजनामा इ.प्र.का. कृष्णनगर लाई पिपिइ हस्तान्तरण

एसीपी संवाददाता

१३ बैशाख २०७७, शनिबार ११:०४ मा प्रकाशित

अजय मिश्र, कृष्णनगर, वैशाख १३कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई हस्तान्तरण गरिएको छ ।विश्वमा फैलिएको (COVID-19) कोरोना भाइरसका कारण पछिल्लो समय देश लकाडाउनमा छ । महामारीको समयमा सेवा प्रदान गर्ने निकायहरूलाइ सुरक्षीत राख्न नगरपालिकाले पिपिइ सेट इलाका प्रहरी कार्यालय कृष्णनगरलाइ हस्तान्तरण गरेको हो ।कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष संजय कुमार गुप्ताले उक्त सुरक्षा सामाग्री इ प्र का लाई प्रदान गर्दै आगामी दिनमा समेत आफूहरु बाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।सुरक्षा सामाग्री प्रदान गर्ने कृष्णनगर नगरपालिका लाई इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले धन्यवाद व्यक्त गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x