७ कार्तिक २०८१, बुधबार

विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख बढि

एसीपी संवाददाता

१४ बैशाख २०७७, आईतवार ०६:१३ मा प्रकाशित

एजेन्सी  / विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ।

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो।अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।चिनियाँ सरकारकी सञ्चारमाध्यमका अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो।त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन्।पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन्।संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्।ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x