१८ बैशाख २०८३, शुक्रबार

भ्रष्टाचार कतिसम्म संस्थागत छ र कतिसम्म छटपटी छ भन्ने बुझ्न एउटा उदाहरण-काँग्रेश बाँकेका उप सभापति फुलाराम

एसीपी संवाददाता

१४ बैशाख २०७७, आईतवार ०९:५१ मा प्रकाशित

भ्रष्टाचार कतिसम्म संस्थागत छ र कतिसम्म छटपटी छ भन्ने बुझ्न एउटा उदाहरण काफी छ । गोकुल बाँस्कोटामार्फ़त् सत्तरी करोड़को कमिशन तुहिएपछि छटपटिएको त्यो समूह ओम्नीतिर लाग्यो । औसधि खरिदमा भएको अनियमितताबारे अख्तियारसम्म निवेदन परेपछि प्रधानमन्त्रीले ढाकछोप गरेको अर्को दिन ठेक्का रद्द भयो । अलिकति त मिलाएर पेमेन्ट भयो तर करोडौं आउनुपर्ने ठाउँमा करोड़मात्रै आयो । छटपटी यति उग्र भयो कि संविधान नै संशोधन गरेर भए पनि र कसैलाई मन्त्री पद अफर गरेर भए पनि कमिशन उठाउनेतिर त्यो समूह लाग्यो । यतिबेला खेल ठूलो थियो । कमिशनमात्रै होइन, अख्तियारमा त्यही समूहको नियुक्तिसम्मको फुल-प्रुफ प्लान थियो । रोचक त के भने यसमा प्रधानमन्त्री र बाँस्कोटा सँगै थिए । अहिले यसमा पनि नोक्सानकै व्यापार भएपछि अब यो छटपटीको अर्को रूप यसभन्दा अझ भव्य हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । किनकि शेयरहोल्डर थपिँदै जाँदा पूँजी पनि बढ्दै जानुपर्छ नै । नत्र लागत पनि नउठ्ने डर हुन्छ । अध्यादेश आयो सोचेको अनुरुप काम भयेन त्यो पनि फिर्ता कति धेरै लज्जास्पद काम गर्ने हो काका।पोहोर गुठी विधेयक पनि लचकताकै कारणलेे मात्रै फिर्ता लिनुभको क्यारे है? जनदबाबले क्यै पनि पो असर गर्या थेन त हैन?कति हो कति गनि सक्नु छैन।अब कमिसन राजनीतिक दल हैन दलाल रहेछन् भनेको अपहरण सम्म गर्न भयायछन ।हे पशुपति नाथ कल्याण गर।कोरोना सङ बरु लडाइ लड्न सक्छ नेपालीहरु तर यिनिहरुको नाटक सङ नसक्ने भय । नेपाली काँग्रेश बाँकेका उप सभापति फुलाराम चौधरीले आफनो समाजिक संजाल फेसबुकमा आफनो बिचार राखेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x