१२ मंसिर २०८०, मंगलवार

तीन विपक्षी दल द्धारा लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता

एसीपी संवाददाता

१५ बैशाख २०७७, सोमबार १२:२५ मा प्रकाशित

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी,

जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले निम्न लिखित निर्णय गरेको छ । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् ।सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको उनीहरुको दाबी छ ।बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’कांग्रेस, जसपा र राप्रपाले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग गरेका छन् ।

 वैशाख १५, २०७७

संयुक्त वक्तव्य 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक आज बस्यो । उक्त बैठकमा निम्नानुसार उपस्थिति थियो ।  नेपाली कांग्रेस ः श्री शेरबहादुर देउवा, श्री रामचन्द्र पौडेल, श्री विमलेन्द्र निधि, श्री विजयकुमार गच्छदार, डा. शशांक कोइराला, श्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, श्री गोपालमान श्रेष्ठ, श्री प्रकाशमान सिंह, श्री विश्वप्रकाश शर्मा र श्री राधेश्याम अधिकारी । जनता समाजवादी पार्टी, नेपाल ः श्री महन्थ ठाकुर, डा. वावुराम भट्टराई, श्री उपेन्द्र यादव, श्री राजेन्द्र महतो, श्री महेन्द्र यादव, श्री शरदसिंह भण्डारी,  श्री अशोक राई र श्री राजेन्द्र श्रेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी ः डा. प्रकाशचन्द्र लोहनी ।

बैठकले निम्न लिखित निर्णय गरेको छ । 

(१)        लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।  

(२)        सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ । 

(३)        कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ । 

नेपाली कांग्रेस 

श्री शेरबहादुर देउवा, सभापति  ,जनता समाजवादी पार्टी, नेपाल ,श्री उपेन्द्र यादव  श्री शरतसिंह भण्डारी ,राष्ट्रिय प्रजातन्त्र पार्टी  ,डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x