नेवि. संघ कञ्चनपुर नेता भण्डारीको पहलमा विभिन्न कलेजहरूमा अध्यनरत ४१ जना बिधार्थीलाई राहत

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई नै संकट पैदा गरिरहेका बेला नेवि. संघ कञ्चनपुर नेता अनिल भण्डारीको पहलमा बैतडी घर भई कञ्चनपुरका विभिन्न कलेजहरूमा अध्यनरत ४१ जना बिधार्थी हरुलाई राहत स्वरुप चामल,दाल,तेल, मसाला,नुन,साबुन जस्ता दैनिक उपभोग्य सामाग्री हरू उपलब्ध गराएका छन । उनीहरू ३५ दिनदेखि लकडाउनका कारण आफ्नो घर जान पाएका थिएनन् । लकडाउनले गर्दा दैनिक उपभोग्य सामग्री किन्ने पसल हरू समेत बन्द भएकाले यो राहतले केही दिन भएपनि गुजारा चल्ने विद्यार्थी हरू बताउँछन । नेवि. संघका नेता अनिल भण्डारीले यो राहतका निम्ति सहयोग गर्नुहुने नेपाली कांग्रेसका कञ्चनपुर नेताहरु पदम बोगटी, दीलेन्द्र रावल ,लोकराज ठकुराठी , पाठका डेरीका संचालक महानन्द पाठ , उदय साउद, वीरेन्द्र एर , सनराईज होटलका संचालक अर्जुन गिरी लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिए । त्यसैगरी काँग्रेस कञ्चनपुरका नेता दिलेन्द्र रावलले यो सङ्कटको बेला आपत विपतमा परेका सबैलाई अझै सहयोग गर्ने प्रतवद्धता जनाएका छन् ! नेवि. संघ का नेता अनिल भण्डारीको पहलमा बैतडीका ४१ जना विद्यार्थी लाई राहत वितरण ।



