कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव


जिल्ला समन्वय समिति बाँकेले जिल्लामा कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव हुन नदिन पहल तत्काल गर्न माग गरेको छ । मंगलबारसमिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा बसेको उपलब्ध प्रदेश सभा सदस्यसहितको बैठकले जिल्लामा स्वास्थ्य सामाग्री अभाव रहेको निश्कर्ष निकाल्दै थप स्वास्थ्य सामग्री माग गर्ने निर्णय गरेको हो ।कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएकाले सेनिटाईजर, मास्क, पञ्जा, आरडिटी किट, भिटिएम, पिपिईलगायतका अत्याआवश्यक औषधि तथा उपकरण माग गर्ने निर्णय भएको जिल्ला समन्वय आधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।सो बैठकले किसानको मर्कालाई सम्बोधन गर्नको लागि आग्रह गर्दै उनीहरुको उत्पादनलाई बजारसम्म ल्याउनको लागि सहज परिस्थितिको निर्माण गर्न पनि आग्रह गरेकोसमितिका सदस्य चेतबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।बैठकमा प्रदेश सांसद आइपी खरेल, बिजय बहादुर यादव, मोहम्मद याकुब अन्सारी, बाँके प्रजिअ कुमारबहादुर खड्का, नेपाली सेनाका कर्नेल नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओली, सशस्त्र प्रहरी उपरिक्षक दिपक भण्डारी, नेकपा बाँके सचिब अशोक कोइराला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहलगायतको उपस्थिति रहेको बैठकमा उपस्थित सबैले लकडाउनलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा आ–आफ्नो सुझाव दिएका थिए ।



