४ बैशाख २०८१, मंगलवार

विजयनगरको क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या बढ्दै, ५६ जना थपिए

एसीपी संवाददाता

१७ बैशाख २०७७, बुधबार ०१:४७ मा प्रकाशित

बैशाख –विजयनगरविजयनगर गाउँपालिकाको क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या बढ्दै गएको छ । गएको १० गतेसम्म ४९ जना मात्र क्वारेन्टाइनमा बसेका थिए । एक हप्ता नबित्दै मंगलवारसम्म ५६ जना थप भएका छन् । गुगौलीमा पुरुष ७, महिला ८ र बच्चा ४ गरी १९ जना, गणेशपुरमा महिला ११, पुरुष २८ र बच्चा ११ गरी ५० जना र प्रेमनगरमा पुरुष १५ महिला ११ र बच्चा १० गरी जम्मा १ सय ५ जना भएका हुन् । विजयनगरमा अधितम १ सय ७७ जना व्यक्ति क्वारेन्टाइनमा बस्ने भएका थिए । क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या विस्तारै घट्दै गईरहेको बेला हप्ता दिनमै तीव्र बृद्धि भएको गाउँपालिका स्वास्थ्य प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । अधिकांश भारतबाट र गाउँपालिका बाहिरबाट आएको नागरिकलाई क्वारेन्टाइनमा राखिएको बताउनुभयो । आज ३ जनाको ¥यापिड टेस्ट गरी घर पठाइएको बताउनुभयो । अहिले सबैको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x