१४ मंसिर २०८०, बिहीबार

अमेरिकामा ५७ हजार बढीको मृत्यु, सङ्क्रमित सङ्ख्या १० लाख बढी,भारतमा २९ हजार सक्रमीत ९३४ जनाको मृत्यू

एसीपी संवाददाता

१७ बैशाख २०७७, बुधबार ०२:४५ मा प्रकाशित

अन्र्तराष्ट्रिय समाचार एजेन्सी / कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो । त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ । त्यो भनेको भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको सङ्ख्याभन्दा पनि बढी हो।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर कुल ३० लाख ९८ हजारभन्दा बढी सङ्क्रमण पाइएको छ।कोरोनाभाइरसका कारण हालसम्म २ लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो सङ्ख्या देखिएको बताएका छन्।उनले विस्तारै ङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने बताए। ट्रम्पले गत फेब्रुअरीमा पनि अमेरिकामा कोभिड-१९ को सङ्क्रमण शून्य हुने बताएका थिए । त्यसबेला अमेरिकामा कोरोनाभाइरसका १५ वटा मात्र सङ्क्रमण भेटिएका थिए।

यसै बीच भारतमा कोराना भाइरसका कारण भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार सम्म २९ हजार भन्दामा सक्रमीत रहेका छन भने ९३४ जनाको मृत्यू भएको छ । भारतमा अहिले पनि कडा रुपमा लकडाउन जारी रहेको छ ।

यस्तै अस्ट्रेलियास्थित स्वास्थ्य बिभागको पछिल्लो तथ्यांकअनुसार यस भाइरसबाट अहिलेसम्म ८८ जनाले ज्यान गुमाएका छन् जसमा पनि ५० वर्षभन्दा माथिका नागरिक मात्र छन् । उनीहरुमा यस भाइरसको संक्रमण हुनुभन्दाअघि नै अन्य अन्य रोगहरु लागेको समाचारहरुमा जनाइएको छ । ६ वटा राज्य र दुई टेरिटोरीमा हालसम्म ६ हजार ७ सय ३१ जनामा संक्रमण पुष्टि भए पनि ५ हजार ६ सय २६ जना निको भइसकेका छन् । करिब ३ हजार आईसीयू क्षमता रहेको अस्ट्रेलियाको अस्पतालमा संक्रमितमध्ये जम्मा १ सय ९ जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ४२ जना मात्र आईसीयूमा छन् ।अस्ट्रेलियामा देखिएको संक्रमण मुख्य रूपले विदेशबाट आएका नागरिक र सामुद्रिक बाटो हुँदै आएको ठूला पानीजहाजमा रहेका नागरिकबाट सरेको सरकारको तथ्यांक छ । यस्तै कोरोना भाइरस (कोभिड–१९) का कारण बंगलादेशमा देशव्यापी लकडाउन जारी भए पनि गार्मेन्ट कारखानमा काम सुचारु गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार कारखानाका हजारौं मजदुर मंगलबार काममा फर्किएका छन् । भाइरसको संक्रमण बढ्ने क्रममा रहेकै बेला मजदुरहरू काममा फर्किएपछि समस्या थप जटिल हुन सक्ने आकलन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x