नेपालगन्ज सुनचाँदी कालिगढहरुलाई राहत वितरण


अजमत / नेपालगन्ज सुनचाँदी कालिगढहरुलाई राहत वितरणबाँके, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा रहेका, लकडाउनले गर्दा आर्थिक समस्यामा परेका ६० जना सुनचाँदी कालिगढहरुलाई राहत वितरण गरिएको छ ।नेपालगञ्जका केही सुनचाँदी व्यवपारीहरु र केही कालिगढसँगको आर्थिक सहयोगमा सो राहत सामग्री वितरण गरिएको कुरा कालिगढका हित चिताउने सुनचाँदी व्यवसायी मोहम्मद हाशिम अन्सारीले जनाएका छन् ।राहत सामग्रीमा सहयोग गरेका सुनचाँदी व्यवसायीहरुलाई कालिगढ युनियनका सदस्य वीरेन्द्र गहतराजले धन्यवादका साथै थप सहयोगीहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।छुटेका कारिगढहरुलाई आउने दिनमा व्यवसायीहरुको सहयोग पाएमा पुनः वितरण गरिने कुरा सुनचाँदी कालिगढ ट्रेड युनियनका अध्यक्ष रामजी गहतराजले बताएका छन् ।राहत सामग्रीमा चामल १० किलो, दाल डेढ किलो, तेल आधा लिटर, सेनेटाइजर १ थान र माक्स १ थान रहेको कुरा कालिगढ युनियनका सदस्य रियाज खानले बताएका छन् ।व्यवसायीहरुले थप सहयोग गर्न चाहेमा मोहम्मद हाशिम अन्सारीलाई सम्पर्क गरी सहयोग गरिदिन कालिगढ युनियनका सदस्य अरुण सोनीले अनुरोध गरेका छन् ।