१४ मंसिर २०८०, बिहीबार

अस्पतालमा भएको चोरी र अनियमीतता, बिद्यार्थी संघको बिरोधमा प्रदर्शन

एसीपी संवाददाता

१८ बैशाख २०७७, बिहीबार ११:२० मा प्रकाशित

https://www.facebook.com/100034129170424/videos/250607606086877/

बैसाख १८ / नेपाल बिद्यार्थी संघ चितवनले भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा भएको चोरी र अनियमीतताको बिरोधमा प्रदर्शन गरेको छ । आज बिहान भरतपुरको चौबिसकोठीमा संघले बिरोध प्रदर्शन गरेको हो ।सामाजिक दुरी कायम गर्दै नेबिसंघ चितवनले भ्रष्टाचारीलाई कारवाही गर, कानुनी राज्यको पालना गर, सांसद अपहरणकारीलाई कारवाही गर लगाएतका प्ले काड सहित आन्दोलन प्रदर्शन गरेका हुन ।
भरतपुर कोरोना अस्पतालमा भएको चोरी र पूर्ब स्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादबलाई अपहरण शैलीमा काठमाडौं लगिएको घटना प्रति बिरोध गर्दै प्रदर्शन गरेको नेबिसंघ चितवनका सचिब गणेश रिजालले जानकारी दिनुभयो ।

https://www.facebook.com/100034129170424/videos


बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीले राज्यको निरीह पनको फाईदा उठाउन खोजिएको बताउनुभयो । सरकारले भ्रष्ट कर्मचारी र संसद अपहरण गर्नेलाई कारवाही गरेर जनतालाई कानुनी राज्यको महशुश गराउनु पर्ने उहाँको भनाई थियो ।
नेबिसंघ चितवनका अध्यक्ष सुर्य ढकालले संकटको समयमा समेत जनतालाई निरास बनाउने काम सरकार र सरकारका प्रतिनिधिहरुबाट हुने गरेको भन्दै यस्ता कदम रोक्न आग्रह गर्नु भयो । सरकारले जनतालाई कानुनी राज्यको महशुश गराउन नसकेको उहाँको आरोप थियो ।सभार एजेन्सी बाट तस्बीर अनलाईनबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x