खुकुलो के चिज को लागि गर्ने ? यहाँ त खुकुलो गर्यो भने चौतारी बनाएर गफ गर्न जुट्न थाल्छ्न – समाजिक संजाल फेसबुक सुनिल सिंघल

आज देश भरीका जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सुचना समाजिक संजाल फेसबुकमा निकै चर्चा चलि रहेको बेला बाँके नेपालगंज निवासी सुनिल सिंघलले केही यर्थाथ चित्रण गरेका छन । बजारका स्थानियहरुले देखाएका र गरका कुरा पिडा ।
खुकुलो नगर्दा त ल जाउँ एक छिन घुमेर आउँ । बिना कामले युवाहरु ठाउँ ठाउँमा झुन्ड बनाएर गफ चुटिरहेको हुन्छन,तिन्का अबिभावकले एक चोटि नि तिमिहरु किन घुमेको भन्ने प्रश्न ?
खुकुलो के चिज को लागि गर्ने ? यहाँ त खुकुलो गर्यो भने चौतारी बनाएर गफ गर्न जुट्न थाल्छ्न । घर मा सुरक्षित बस्दा मान मर्दन भएको अनुभव गर्ने पनि छन । खुकुलो नगर्दा त ल जाउँ एक छिन घुमेर आउँ भन्ने पनि धेरै छन । बिना काम ले युवा हरु ठाउँ ठाउँ मा झुन्ड बनाएर गफ चुटिरहेको हुन्छन तर तिन्का अबिभावकले एक चोटि नि तिमिहरु यस्तरी किन बसेको घुमेको भन्ने प्रश्न गरेको पनि पाइएन । बिवेकशिल भए त हुन्थियो तर घर मा किन थुनेको भनेर छरपट्टी लाग्ने र नानाथरी गालिगलौज गर्ने पनि को कमि रहेनछ । गरिब , मज्दुर , किशान जस्लाई सच्चिकै मर्का परेको छ तिनी त भोकै पेट भएर पनि महामारीलाई रोक्न खोजदै छन , सहयोग गर्दै छन । हाल को स्तिथी मा पुर्ण रूप मा हरेक कुरा मा बन्देझ लगाउनु पनि ठिक नहोला तर बुझ पचाउने जनता को अगाडि अरु कुनै बिकल्प पनि भएन । पशुपति नाथ ले रक्षा गरेको अवस्था मा उन्लाई झन भार दिनु पनि उचित छैन । आर्थिक रूपमा मा हेर्दा lockdown ले वास्तविक समस्या तिर ध्यानाकर्षण नभएको अनुभुती त हुन्छ किन कि यश बाट अर्थतन्त्र त धरातल तिर गएको गए नै छ । यस्को विकल्प पनि तिनै संग छ जो अनावश्यक रूप मा lockdown को उलंघन गर्दैछन ; कदाचित तिनीहरु घर मा बसिदिएको भए अन्यलाई आवश्यक काम जस्तै बैक,पसल,कलकारखाना,आदि आदि उत्पादन का क्षेत्रमा केही कामदारहरु लाई सुरक्षा का कडा नियम भित्र रहेर काममा लगाउन सकिन्थ्यो तर यी सबै हुन नसक्नु को पछाडि पनि तिनै छन जस्लाई कुनै न कुनै बहाना मा त्रिभुवन चोक,बिपि चोक, धमबोझी चोक आदि आदि गफ चुट्न लाई पुग्नै पर्छ अनि कसरी अगाडि खाई हुदा हुदै आँखा चिम्म गरेर जीवन को गाडी उतै लान सकिन्छ र ?



