१७ मंसिर २०८०, आईतवार

लकडाउनले आर्थिक समस्यामा परेका ३० जना सुनचाँदी कालिगढहरुलाई श्रमिक दिवसकाे अवसरमा राहत वितरण

एसीपी संवाददाता

१९ बैशाख २०७७, शुक्रबार ०७:३४ मा प्रकाशित

नेपालगन्ज १९ बैशाख : अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनले सुनचाँदी कालिगढहरुलाई दाेस्राे चरणकाे राहत वितरण गरेकाे छ ।

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणकाले नेपालगञ्ज उपमहानगरपालिकामा रहेका, लकडाउनले आर्थिक समस्यामा परेका ३० जना सुनचाँदी कालिगढहरुलाई श्रमिक दिवसकाे अवसरमा राहत वितरण गरिएको छ ।

नेपालगञ्जका सुनचाँदी व्यपारीहरु र कालिगढसँगको आर्थिक सहयोगमा दाेस्राे चरणकाे राहत सामग्री वितरण गरिएको कुरा कालिगढका हित चिताउने सुनचाँदी व्यवसायी मोहम्मद हाशिम अन्सारीले बताएका छन् । छुटेका कालिगढहरुलाई आउने दिनमा व्यवसायीहरुको सहयोग पाएमा पुनः वितरण गरिने कुरा बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनका अध्यक्ष रामजी गहतराजले बताएका छन् ।

व्यवसायीहरुले थप सहयोग गर्न चाहेमा मोहम्मद हाशिम अन्सारीलाई सम्पर्क गरी सहयोग गरिदिन बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनका सदस्य अरुण सोनीले अनुरोध गरेका छन् ।यस अघि बैशाख १७ गते ६० जना कालिगढहरुलाई राहत वितरण गरिएकाे कुरा बांके जिल्ला सुनचांदी कालिगढ ट्रेड युनियनका सदस्य वीरेन्द्र गहतराजले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे १काे अवसरमा राहत सामग्री वितरणकाे समयमा सम्पूर्ण श्रमिकहरुलाई बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनका अध्यक्ष रामजी गहतराजले शुभकामना दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x